Skip to content
LAXMI SUNRISE BANK

नक्कली सेयर कारोबारीमाथि धीतोपत्र बोर्डको एक्सन, ३ ब्रोकरलाई २२ लाख जरीवाना

अर्थ सरोकार

काठमाडौँ- नेपाल धीतोपत्र बोर्डले चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार गर्नेहरुमाथि मुद्धा चलाएको छ । बोर्डले श्रीहरि सेक्युरिटिज प्रालि, अग्रवाल सेक्युरिटिज प्रा.लि र सिप्रवी सेक्यूरिटिज प्रा.लिमाथि एक्सन लिएको हो । सम्पति शुद्धीकरण निवारण ऐन तथा धितोपत्र सम्बन्धी ऐन अनुसार यी कम्पनी र कर्मचारीमाथि कारवाही गरिएको बोर्डको भनाइ छ । साथै तीन वटा ब्रोकर कम्पनीहरुलाई नक्कली कारोबारमा सघाएको ठहरसहित जरिवाना तिराउने निर्णय गरेको छ ।
बोर्डले जारी गरेको बिज्ञप्तिका अनुसार बोर्डले चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरीद बिक्री भएको गरेकाे भन्दै अग्रवाल सेक्युरिटिजलाई रु. दस लाख, नेशनल हाइड्रोपावर कम्पनी लि.को नक्कली शेयर कारोबारमा समलाग्न भएको भन्दै श्रीहरि सेक्युरिटिजलाई दश लाख जरिवाना तोकेको छ । साथै यी दुई ब्रोकरका प्रमुखलाई ५० हजार जरिवाना तोकेको छ । 
हेर्नुस बोर्डको बिज्ञप्ति
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK