
काठमाडौँ – चुनाबमा हार बेहोर्नु परेका नेपाली कांग्रेसमा अहिले राम्रो स्थिति रहिरहेको छैन । अहिले नेपाल काँग्रेसको भित्रको बबण्डर उत्कर्षमा पुगेको छ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचको तनावको प्रत्यक्ष असर भातृ सङ्गठनहरुमा प्रष्ट देखिन थालेको छ ।
कांग्रेसभित्रको गुटको राजनीतिले बबण्डर मच्चाउइरहेको बेला नेपाल विद्यार्थी संघलाई पनि लतारेल लगेको छ । ४२औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा नेविसंघको सभापति देउवा र वरिष्ठ नेता पौडेल समूहले काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गरे । देउवा समूहले राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेको थियो । यसको नेतृत्व नेविसंघका अध्यक्ष नैनसिंह महरले गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले त्रिचन्द्र क्याम्पसको मैदानमा गुटको कार्यक्रम गरेका थिए भने त्यसलप नेतृत्व नेविसंघका नेता मनोजमणि आचार्य समूहले गरेको थियो ।
राष्ट्रिय सभागृहमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गरेका थिए । त्रिचन्द्र क्याम्पसको कार्यक्रमलाई नेता प्रकाशमान सिंहले सम्बोधन गरेका हुन् ।
दुबै कार्यक्रममा महामन्त्री डा.शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा रामशरण महत लगायतका नेताहरू अनुपस्थित रहेका थिए ।गुटको कार्यक्रम छल्ने किसिमले महामन्त्री डा.शशांक कोइराला पोखरामा भएको कार्यक्रमलाई संवोधन गर्न गएका थिए ।
कांग्रेसभित्रको देउवा र पौडेल समूहको विवाद नेविसंघ हुँदै सडकसम्म आइपुगेको छ । पौडेल समूहले आफूहरूलाई देउवा समूहले पेल्दै आएको आरोप लगाउँदै आएको छ । तर, यो आरोप मान्न देउवा समूह तयार छैन । देउवा समूहले सबैलाई मिलाएर लैजान खोज्दा खोज्दै पौडेल समूह बखेडा झिकेर जाने गरेको बताएको छ ।
यसैबीच प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीभित्रका आफ्ना विरोधीहरूलाई कडा जवाफ दिँदै निर्वाचनको पराजय सबैले लिनुपर्ने बताएका छन् । मेलमिलाप दिवसको अवसरमा नेपाल विद्यार्थी संघले आइतबार राजधानीमा आयोजना गरेको ‘आजको सन्दर्भ र राष्ट्रिय मेलमिलाप’ विषयक विचार गोष्ठीमा सभापति देउवाले चुनावमा पराजित हुने उम्मेदवारहरूलाई जथाभावी नबोल्न चेतावनी समेत दिएका हुन् ।
‘पार्टीभित्र मेरो बिरोध गर्नेले पनि बुझुन्’, देउवाले कडा रुपमा प्रस्तुत हुँदै नेताहरूलाई प्रश्न गरे, ‘चुनाव आफैं हार्ने अनि मलाई हरायो भन्ने ?’
देउवाले पार्टीका नेता रामचन्द्र पौडेल लगायतका अन्य पराजित भएका नेताहरूले अन्तरघात गरेको आरोप लगाएको तर्फ संकेत गर्दै कडा रुपमा जवाफ दिएका हुन् । सभापति देउवाले आफ्नै कारणले कांग्रेस पराजित भएको भन्दै अब पार्टीभित्रै अनुसाशनसहितको मेलमिलाप आवश्यक भएको बताए ।
एक्का–एक्लै लड्दा कांग्रेस कुनै पार्टी भन्दा कमजोर नभएको भन्दै युवाहरू निराश हुन नहुने बताए । ‘कांग्रेस हारेको छैन, तपाई युवाहरू किन निराश हुनुभएको ?’, उनले भने, ‘म बुढो त निराश भएको छैन, तपाईंहरू किन निराश हुने ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्