
काठमाडौँ – नवराज सिलवाल जेल जाने निस्चित भएको छ । काठमाडौं प्रहरी परिसरले पूर्वडिआईजी एवं एमालेका सांसद् नवराज सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र काटेको छ । कार्यसम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका पूर्वडिआईजी सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो।
गत वर्ष सहकर्मी डीआईजी जयबहादुर चन्दलाई सरकारले प्रहरी प्रमुख बनाउने तयारी गरेपछि सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनको नम्बर धेरै रहेको भन्दै सर्वोच्च अदालतमा दुद्दा दायर गरेका थिए। सर्वोच्चको आदेशपछि सरकारले तत्कालीन डीआईजी प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो। यसविरुद्ध सिलवालले अर्यालको भन्दा आफ्नो धेरै नम्बर रहेको भन्दै कार्यसम्पादन मूल्यांकनको कपी सर्वोच्चमा समेत बुझाएका थिए।
उक्त मु्द्दामा हालै मात्र सार्वजनिक भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा उक्त कार्यसम्पादन मूल्यांकनको कपी सक्कली हो वा नक्कली भन्ने सम्बन्धमा अनुसन्धान गर्न भनिएको छ। उक्त फैसलाको आधारमा प्रहरीले पुन: अनुसन्धान सुरु गरिएको बताएको छ।
वरीयतामा तेस्रो नम्बरमा रहेका डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि अदालत गएका सिलवाल आफ्नो पक्षमा फैसला नआएपछि राजीनामा दिएर राजनीतिमा लागेका थिए । एमालेमा प्रवेश गरेपछि टिकट पाएकापूर्वडीआईजी सिलवाल गत मंसिर २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका हुन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्