×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको सिस्नेरीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको सिस्नेरीमा

Artha Sarokar

३० पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–३, सिस्नेरीमा शुरू गरेको छ । 
उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि लव कुमार बास्ताकोटीलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । साथै बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक श्री गोबिन्द महर्जनले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्नुभएको थियो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 
यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १९ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी