Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको फाखेलमा

अर्थ सरोकार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ आफ्नो १८ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका–४,फाखेलमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गरे । 
सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि धनबीर स्याङतानलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरे । साथै बैंकको फर्पिङ्ग शाखाका प्रवन्धक गोबिन्द महर्जनले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारेका थिए । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । 
यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १८ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK