
सनराइज बैंक लिमिटेडले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत बीमा रकम भुक्तान गरेको छ । निक्षेप ग्राहक मनोज कुमार पोखरेलको दुर्घटनामा परी उपचारको क्रममा निधन भएकोमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्र्तगत मृतकको नाममा बैंकको नारायणगढ शाखामा रहेको निक्षेप रकमको चार गुणा अर्थात दुई लाख ५६ हजार २८ रुपैयाँ बराबरको रकम हस्तान्तरण गरिएको हो । उक्त रकम बराबरको चेक बैंकका नारायणगढ शाखाका शाखा प्रबन्धक प्रकाश कस्तीलो मृतकका हकवाला सशिला कुमारी बानियाँलाई प्रदान गरे ।
यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिने व्यवस्था रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्