Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र बुम रेमिटको प्रस्तुतीमा सुपर स्टार नाइट्सको आयोजना हुँदै

अर्थ सरोकार

संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा यहि मार्च ८ र ९ तारिखमा कतारका २ शहरमा ‘कुमारी बैंक र बुम रेमिट’को प्रस्तुतीमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना हुने भएको छ ।
देशका चर्चित गायक–गायिका, हाँस्य कलाकार र नायक–नायिकाको साथमा हुन लागेको कार्यक्रममा चर्चित हाँस्य कलाकार जीतु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाईँ, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कँुवर नृत्य निर्देशक तथा मोडल शंकर बीसी सहभागी हुनेछन् । यो कार्यक्रमको संचालन चर्चित कार्यक्रम संचालक नरेश भट्टराइले गर्नेछन् ।
करिब ५ लाख नेपालीहरुको बसोबास रहँदै आएको कतारमा यो कार्यक्रम भव्य र सव्य रुपमा आयोजना हुने आयोजकको दाबी छ । मार्च ८ मा यो कार्यक्रम कतारको अल्खोर स्टेडियममा आयोजना हुँदैछ । यो क्षेत्रमा करिब ७० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् । यस्तै, मार्च ९ मा ग्रान्ड मलमा कार्यक्रम आयोजना हुनेछ जुन कतारको राजधानी दोहामा पर्दछ ज‘हा करिब १ लाख ५० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् । 
मार्च ८ मा हुने कार्यक्रममा करिब ७ हजार र मार्च ९ मा आयोजना हुने कार्यक्रममा करिब १० हजार नेपालीले यो कार्यक्रम प्रत्यक्ष अवलोकन गर्ने विश्वास लिइएको छ । कतारका स्थानीय बासिन्दाहरुले समेत यो कार्यक्रम हेरेर मनोरञ्जन लिने विश्वास लिइएको छ । 
यो कार्यक्रमको आयोजनाले नेपाली गीत संगीत, हाँस्य ब्यङ्ग्यको विकास र प्रवद्र्धनमा ठूलो सहयोग र साथ मिल्नेछ भन्ने अपेक्षा आयोजक पक्षको छ । कुमारी बैंक र बुम रेमिटको प्रायोजनमा हुने उत्त कार्यक्रममा नेपाल टेलिकम पार्वड बाई रहेको छ भने ट्राभल पार्टनर नेपाः ट्रभल्स एण्ड टुर्स र हस्पिालिटि पार्टनरमा ओपिएम रेष्टुरेन्ट रहेको छ ।
यो कार्यक्रमलाई भव्य र सव्य रुपमा आयोजना गर्नका लागि आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगराज खत्री ररहेका छन् । कार्यक्रमको मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK