×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय विदेशमन्त्री सुष्मा स्वराज भोलि नेपाल आउँदै, यस्तो छ भित्री कुरा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतीय विदेशमन्त्री सुष्मा स्वराज भोलि नेपाल आउँदै, यस्तो छ भित्री कुरा

१७ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँने भएकी छिन् । नयाँ जनादेशबाट सरकार गठन निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउँदै छिन् ।
राजनीतिक भ्रमणमा आउन लागेकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता हुने बताइएको छ ।
निर्वाचन परिणाम आएपछि मादीले नेपालका भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई बधाई दिन फोन गरी कुराकानी गर्ने सिलसिलामा मोदीले प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्न ओलीलाई आग्रह गरेका थिए ।
उच्च स्रोतका अनुसार,फोनमा ओलीले आफूले भारतबाटै विदेश भ्रमण सुरु गर्ने प्रतिबद्धता जनाएपछि मोदीले विदेशमन्त्री स्वराजलाई थप वातावरण बनाउन नेपाल पठाएको बताइएको छ ।
मोदीले दाहालसँग पनि ओली प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट हुनुपर्ने प्रतिबद्धता मागेका थिए । दाहालले पनि प्रधानमन्त्रीको रुपमा ओलीले भारतबाटै विदेश भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
ओली पहिलोपटक २०७२ साल असोज २४ गते प्रधानमन्त्री भएपछि नेपाल र भारत सम्बन्ध इतिहासमै सबैभन्दा बढी चिसिएको थियो ।
प्रधानमन्त्री भएपछि ओलीले चीनसँगको सम्बन्धलाई बढी प्राथमिकता दिने भन्ने भारतीय बुझाईलाई निर्वाचन परिणामपछि मोदी र ओलीबीच भएका कुराकानीले भ्रम हटाउन सफल भएको श्रोतको भनाई छ ।
यो पूर्वनिर्धारित नभई अचानक तय गरिएको भ्रमण हो । परराष्ट्रको बुझाईमा भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने यो उपयुक्त समय भने होइन,समकक्षीसमेत छैन ।
अहिले प्रधानमन्त्री नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिएको छ । विदेशमन्त्रीका रुपमा स्वराज यसअघि चारपटक नेपाल आइसकेकी छिन् ।
नयाँ संविधान जारी भएपछि चिसिएको सम्बन्ध सुधारमा पुगेको छ । मोदीले स्वराजलाई नेपाल पठाएर बिग्रेको सम्बन्ध सुधार्न खोजेको सन्देश पनि दिने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी