
काठमाडौँ – चालु आर्थिक वर्षको ६ महिनामा करदाता सेवा कार्यालय जुम्लाले चार करोड राजश्व संकलन गरेको छ । कार्यालयले २०७३-०७४ को छ महिनामा ४ करोड राजश्व संकलन गरेको बारे कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताए ।
आयकरबाट २ करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट १७ लाख ३१ हजार ९८०, ब्याजकर १ लाख २४ हजार ३८, मूल्य अभिवृद्धि कर ९५ लाख ११ हजार ४०५, शुल्कबाट २३ लाख ६ हजार २३७ र शिक्षा सेवा शुल्क ७१ हजार ८७७ कर उठेको बताइएको छ ।
यस वर्षको लक्ष्य जुम्लाबाट ८ करोड ४२ लाख सात हजार रहेको,खत्रीका अनुसार छ महिनाको लक्ष्यभन्दा दुई प्रतिशत राजश्व बढी उठेको छ । चालु आवको कार्तिक महिनामा मात्र ४२ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आवमा कार्यालयले ६ करोड ५४ लाख राजश्व उठाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्