Skip to content
LAXMI SUNRISE BANK

थाइल्याण्ड जानुअघि ओलीले भने- कानुनी अप्ठेरो परे डा. केसीलाई सोध्‍दा हुन्छ

अर्थ सरोकार

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान गरेका छन् ।
नियमित स्वास्थ्य उपचारका लागि ओली बुधबार दिउँसो २ बजे थाइल्याण्डको राजधानी बैंकक उडेका हुन् । ओलीलाई बिदाई गर्न एमाले उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव पृथ्वीसुब्बा गुरुङ, पूर्वसभामुख सुवास नेम्वाङ लगायतका नेताहरु बिमानस्थल पुगेका थिए ।
अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै अदालतमा अपहेलना मुद्दाको सामना गरिरहेका डा.गोविन्द केसीलाई ब्यांग्‍य गरे । उने भने, ‘कुनै कानुनी अप्ठेरो लाग्या भए गोविन्द केसीलाई सोध्नुभए हुन्छ, केसीजीले धेरै वटा कुरा फटाफट भनिराख्नु भएको छ, के भनेको हो त्यो ? अदालतले पनि बुझ्ला, जान्ला, केके भन्या हो ।’ उनले केसीको पछिल्लो अनसन निर्वाचनको परिणामसँग सम्बन्धि रहेको संकेत गरे । ओलीले भने,‘जे होस् यो प्रक्रिया बिलम्ब गर्न खोजिएको छ।’
ओलीले माओवादीसँगको एकताबारे भने केही बोलेनन्। किड्नी फेरेकाले आफू नियमित रूप परीक्षण गर्न बैंकक जान लागेको ओलीले बताए।उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ।
ओली माघ २ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको एमालेले जनाएको छ । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK