
काठमाडौँ – टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा काठमाडौं जिल्ला स्थित ज्ञानेश्वर शाखा र ३ वटा नयाँ एक्सटेन्सन काउन्टर र भक्तपुर जिल्ला स्थित सुर्यविनायक शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकद्वारा आज मिति २०७४/०९/१९ गते बुधबारको दिन आयोजित विशेष कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका प्रमुख श्री विद्यासुन्दर शाक्यज्यू र बैंक संचालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कंडेलज्यूले संयुक्त रुपमा ज्ञानेश्वर शाखाको समुद्घाटन गर्नुभयो ।
यसै गरि आजै भक्तपुर जिल्ला स्थित सुर्यविनायक शाखाको उद्घाटन सुर्यविनायक नगरपालिकाका प्रमुख श्री वासुदेव थापाज्यू, भक्तपुर उद्योग वाणिज्य सघंका अध्यक्ष श्री कृष्ण प्रसाद अवालेज्यू एवं बैंकका संचालक श्री ठाकुर प्रसाद भट्टराईज्यूले संयुक्त रुपमा गर्नुभयो । बैंकले आजै काठमाडौंको कागेश्वरी मनहरा न. पा. स्थित गोठाटार, नागार्जुन न. पा. स्थित राधाकृष्ण मन्दिर तथा चन्द्रागिरी न. पा. स्थित दहचोक एक्सटेन्सन काउन्टरको पनि औपचारिक उद्घाटन गरेको छ ।
बैंकको गोठाटार एक्सटेन्सन काउन्टरको उद्घाटन कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख श्री कृष्णहरि थापाज्यू तथा बैंकका संचालक श्री श्यामराज थपलियाज्यूले संयुक्त रुपमा गर्नुभयो भने राधाकृष्ण मन्दिर एक्सटेन्सन काउन्टरको उद्घाटन नागार्जुन नगरपालिकाका प्रमुख श्री मोहन बहादुर बस्नेतज्यू तथा बैंक व्यवस्थापनबाट प्रबन्धक श्री कमल कंडेलज्यूले संयुक्त रुपमा गर्नुभयो । त्यसै गरि दहचोक एक्सटेन्सन काउन्टरको उद्घाटन चन्द्रागिरी नगरपालिकाका प्रमुख, श्री घनश्याम गिरीज्यू, उद्योग वाणिज्य सघं चन्द्रागिरीका अध्यक्ष श्री राजेन्द्र बानियाँज्यू तथा बैंकका संचालक श्री दिपक महतज्यूले संयुक्त रुपमा गर्नुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्