×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी केन्द्र विलय हुन तयार भएमात्रै एकताः भट्टराई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माओवादी केन्द्र विलय हुन तयार भएमात्रै एकताः भट्टराई

१७ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्र विलय हुन तयार भएमात्रै एकता सम्भव हुने बताएका छन् । पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले त्यसैगरी एमालेमा विलय हुन तयार हुनुपर्ने बताउँदै एकले अर्काको अस्तित्व स्वीकार गर्नुपर्ने बताए । उनले दुबै पार्टी विलय हुन तयार भएमात्रै पार्टी एकता हुने बताए ।
प्रेस चौतारी सुनसरीले मंगलबार धरानमा गरेको पत्रकार भेटघाटमा भट्टराईले पार्टीको नीति, सिद्धान्त र संगठनको रुपरेखालाई एकरुपता दिएपछि निर्णायक एकता हुने बताए । उनले पार्टी नेतृत्वको विषयमा भ्रम छरेर एकतालाई टुटाउन खोजेको आरोप समेत लगाए ।
नेतृत्वको विषय उचालेर पार्टी एकतालाई भाड्न खोजेको बताउँदै सचिव भट्टराईले एकता हुनासाथ नेतृत्वको सवालको पनि हल हुने बताए । उनले सरकार निर्माण र पार्टी एकता सँगसँगै अगाडि बढ्ने जानकारी दिएका थिए ।
सचिव भट्टराईले यसो भनिरहँदा महासचिव इश्वर पोखरेलले भने पार्टी एकता र सरकार एउटै विषय नभएको बताइरहेका थिए । पोखरेलले सरकार निर्माणपछि मात्रै पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने बताउँदै आएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी