
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) मा दर्जन बढी सिएहरु कार्यकारी समितिको सदस्यमा उठ्ने भएका छन् । बैंकमा काम गरेका, रेमिट्यान्स कम्पनीमा काम गरेका, प्राक्टिसमा रहेका, सिए इन्स्टिच्युट चलाईरहेका, नामै नसुनिएका, अलिअलि सुनिएका, राम्रै चर्चा बटुलेकाहरुगरेर एक दर्जन बढी सिएहरु कार्यकारी समितिको सदस्यमा उठ्ने भएका हुन् । एक्यानमा कुल ६ जना कार्यकारी समितिका सदस्य हुन्छन् ।
को-को उठ्दैछन् ?
एक्यानको चुनावमा कार्यकारी समितिको सदस्यमा उठ्नेहरुको लिष्ट लामो नै छ । सन्दीपबाबु पौडेल, सुबाश पौडेल, मुकुल भट्ट, सतिश सुवेदी, प्रयास श्रेष्ठ, ऋषि पौडेल, प्रकाश गौतम, टिका कार्की, बिबेक अधिकारी, अमृत गिरी, प्रमोद भुर्जी, दिपक श्रेष्ठ, लगायत दर्जनबढी सिएहरु कार्यकारी समितिको सदस्यमा उठ्ने भएका छन् । आज फेब्रुअरी २२ तारिखदेखि नोमिनेसन फाइल गर्ने दिन भएकाले अझै यो लिष्टमा को को थपिनेछन् भन्ने हेर्न बाँकी छ ।
पपुलर भोट कसको आउला ?
कार्यकारी समितिको सदस्यमा पपुलर भोट कसले ल्याउला भन्ने चर्चा पनि अहिले सिए क्षेत्रमा छ । यसो त पपुलर भोटको दावेदारमा सन्दीप बाबु पौडेल, र सुबाश पौडेल छन् । यिनको सिए क्षेत्रमा देखिएको अचम्मको नेटवर्क र भइरहेको लगातारको मेहेनतले पपुलर भोट यी दुइमध्ये कसैको पोल्टामा जाने आंकलन गरिएको छ । तर अन्तिम समयमा कार्यकारी समितिका सदस्यमा उठेकाहरुले पनि प्यानलबाजी गरे भने यो आंकलन उल्टन सक्ने प्रवल सम्भावना छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्