
काठमाडौँ – उमेरहदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातको आज बिदाइ हुँदैछ ।
फागुन २ गतेदेखि बस्न्यातको कार्यकाल सकिने भए पनि १ गते सार्वजनिक बिदा परेकाले बस्न्यातको सोमबार नै बिदाइ हुन लागेको बताइएको छ ।
बस्न्यात ०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका थिए। ०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सर्वोच्चले बदर गरेपछि बस्न्यातले कार्यबहाक प्रमुखको भूमिका निभाएका थिए ।
संवैधानिक समितको सिफारिस र संसदीय सुनुवाइको अनुमोदनपछि ०७४ जेठ ८ गतेदेखि बस्न्यातले प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । बस्न्यातको अवकाशपछि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी आयुक्त नवीनकुमार घिमिरेले पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्