×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घटुवा भएका बैंकर अनिल शाहलाई खुलापत्र, ‘सर ! …लाई भन्दा देख्नेलाई लाज हुन्छ नि, अलिकति त शरम गर्नुस् !’

PRIME CA

घटुवा भएका बैंकर अनिल शाहलाई खुलापत्र, ‘सर ! …लाई भन्दा देख्नेलाई लाज हुन्छ नि, अलिकति त शरम गर्नुस् !’

१९ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • सुरज प्याकुरेल 
‘अनिल शाह ! वाह ! बैंकर हुनु त अनिल शाहजस्तो ! क्या दम छ !’
यो कुनै बेला बैंक नबुझेका, अलिअलि बुझेका, बैंकिङ बुझेका तर अनिल शाह नबुझेका वा अनिल शाह बुझेका तर बांकीङ नबुझेकाहरुले बोल्ने डाइलग थियो । तर समयले अनिल शाह एउटा भ्रममात्र हुन् भन्ने तथ्य बाहिर ल्याईसकेको छ । मेगा बैंकमा उनले गरेको कामदेखि वाक्क भएर उनको कार्यकाल नथप्ने निर्णय गर्यो सञ्चालक समितिले । र जागिरका लागि ‘लिटरल्ली’ भन्दा भौंतारिएका अनिल शाहले अन्तत थोरै राख्नुपर्ने लाजको पनि प्रवाह नगरी अन्तत नबिल बैंकमा डेपुटी सीइओ भएर गए । 
अनिल शाहले जसरी पनि नबिलजानुका पछाडी विभिन्न कारण पक्कै छन् । ६ महिना कुर्दा वा नबिल उम्कदा अरुले सीइओमा नपत्याउने डर, बैंकिङमा बेरोजगार हुने डर वा नबिल बैंकका केहि संचालकहरुले अनिल शाहलाई प्रयोग गरेर गर्न खोजेको गलत काम । यी मध्ये कुन कारण हावी भयो त्यो अनिल शाहलाई नै थाहा होला, तर उनले जे गरे त्यो ठिक पक्कै गरेनन् । ६ महिना कुर्न अनिल शाह नसक्नेरहेछन्, उनलाई ६ महिनापछी कुनै बैंकले सीइओ पत्याउँछ भन्ने आत्मविश्वास नै रहेनछ, वा उनी केहि गलत गर्न जसरी पनि कुर्सीमा पुग्दैछन् भन्ने तथ्य मौन रुपमै प्रमाणित भइसकेको छ ।
अनिल शाह तत्काल नबिल बैंक नगएको भए उनीप्रति धेरैको सम्मान जाग्थ्यो । यसो त सेन्चुरीसँग गरेको गैरकानुनी सम्झौताका कारण बैंकमा उनले भनेजति तलव नपाएपनि उनले सेन्चुरी नाछोडेको भए अनिल शाहमा अहिलेपनि नैतिकता भन्ने चीज अलिकति भएपनि रहेछ भन्ने भान हुन्थ्यो सबैलाई । तर लाज खोलामा बगाएर उनले जति मरिहत्ते नबिलका लागि गरे उनलाई त्यसले पक्कै राम्रो गर्नेछैन ।
दुनियाँले बुझेको छ, नबिल बैंक सिष्टममा चलेको छ । र जो कोहि त्यहाँ जाँदा पनि त्यसले खास अर्थ राख्दैन । यहि कुरालाई ‘इनक्यास’ गरेर उनले आफ्नो सेफ्ल्यान्ड खोजेका छन् । तर लाजको खोल नै हुरीले उडाएपछीको सम्पत्ति, वा नाम के काम ? अनिल शाहले यस कुरामा हेक्का राख्नै सकेनन् । यसअघि पनि थुप्रै घोटालामा मुछिएका उनी अव भन्ने पक्का लाजलाई बिर्सेका बैंकरका रुपमा चिनिने कुरामा कुनै शंका छैन ।
तर समाज यहि हो, जहाँ कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज हुन्छ । अनिल शाहले चालेको कदमले नेपाली बैंकिङ क्षेत्रमा केहि राम्रो गरेका सीइओहरुलाई पनि अफ्ट्यारो परेको छ । समग्रमा शाहले मार्केट बिगारी छाडे । अव अन्य कुनै बैंकको संचालक समितिले ‘पहिला डेपुटीमा आउनुहोस्, अनि सीइओ बनाउँला’ भन्ने प्रवृति हावी हुने कुरामा कुनै शंका छैन । यसमा अनिल शाहले अलिकति पनि सोचेको भए सार्है राम्रो हुन्थ्यो । तर.…
अनिल शाहज्यू, तपाईंलाई धेरै भन्नु अब केहि पनि छैन । कोहि नांगै हिड्दैछ भने त्यसलाई लुगा लगा है भन्नुको अर्थ पनि छैन । बरु नदेखेजस्तो गर्ने हो । तर पनि अलिकति भएपनि इज्जत बाँकी छ जस्तो लाग्छ तपाईंको । अलिकति त शरम गर्नूस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: