Skip to content

घटुवा भएपछि देखियो भित्री ‘औकात’ : लाजै पचाएर नबिल बैंकको डेपुटी सीइओ हुन गए अनिल केशरी शाह !

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै नेपाली बैंकिङ क्षेत्रमा जस्ता नियम आएपनि लाज नहुनेले जे गरेपनि हुन्छ भन्ने शैलीमा अनिल शाह नबिलको डेपुटी सीइओमा नबिल छिरेका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले बैंकको स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेसंगै उनी नबिल जाने भएका हुन् । 
मेगा बैंकमा कार्यकाल नथपिने भएपछि हतार हतार सेन्चुरीसँग गैरकानुनी तलव सम्झौता गरेका शाह पछी नबिलको सीइओमा नियुक्त भएका थिए । पछि कुलिङ पिरियडको सर्कुलर आएपछि उनको सीइओको नियुक्ति बदर भएको थियो ।  अर्थ सरोकार डटकमलाई नबिलका एक संचालकले दिएको जानकारी अनुसार अव उनी साउनमा बैंकको सीइओ हुनेछन् । त्यहि सहमतिका साथ अनिल शाह नबिल छिरेका हुन् । 
यद्यपी अनिल शाहको यो कदमलाई अन्य बैंकरहरुले ‘नैतिकहीन’ भएको टिप्पणी गरेका छन् । कसैले नपत्याउने भएपछि सीइओ भइसकेको मान्छे डेपुटी सीइओमा जानु गलत भएको बिज्ञहरुले टिप्पणी गरेका छन् । यसो त नबिलमा डेपुटी सीइओको तलव पनि उनले मेगामा लिएको तलवभन्दा कम छ । सञ्चालक समितिले बैंकको स्थायी दरबन्दीको सेवा सुविधा अनुसार हुने गरी शाहलाई डेपुटी सीईओमा नियुक्त गरेको हो।
अनिल शाहको यो कदमलाइ धेरैले अनिल शाहले आफ्नो ‘औकात’ देखाएको भन्दै कडा टिप्पणी गरेका छन् । ‘अरु कुनै बैंकले सीइओमा नपत्याउने भएपछि उनले आफ्नो औकात देखाए । राष्ट्र बैंकले उनलाई कुनै पनि हालतमा रोक्नुपर्छ भन्ने कुरामा हामी आन्तरिक छलफलमा छौं। ‘ राष्ट्र बैंकका एक उच्च तहका अधिकारीले अर्थ सरोकारसँग भने ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्