Skip to content
LAXMI SUNRISE BANK

डेपुटी सीइओमा समेत अनिल शाहको नियुक्ति ‘गैरकानुनी’ ? राष्ट्र बैंककै मिलेमतो भन्दै कर्मचारीले गुहारे अख्तियार !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- सेन्चुरीमा ‘गैरकानुनी’ तलव सम्झौता गरेको भन्दै अर्थ सरोकार डटकमले समाचार प्रकाशित गरेपछि नेपाल राष्ट्र बैंकले उक्त बैंकमा सम्झौता गरिएकै तलवमा जान नेपाल राष्ट्र बैंकले रोकेपछि नबिल बैंकमा डेपुटी सीइओमा घटुवा भएर गएका अनिल शाहलाई अर्को आपत पर्ने संकेत देखिएको छ । 
नेपाल राष्ट्र बैंकका केहि उच्च अधिकारीको समेत मिलेमतोमा शाहलाई कर्मचारी निनियमावाली  मिचेर अनिल शाहलाई बैंकमा नियुक्त गरेको भन्दै बैंकमा कार्यरत एक उच्च अधिकारीले नै अख्तियार गुहारेपछी शाहको नियुक्ति झन् विवादित बनेको छ ।
‘राष्ट्र बैंकले अप्रुभल दिएको नबिल बैंकको कर्मचारी विनियमावलीमा स्पष्टसँग भ्याकेन्सी निकालेपछि कति दिनको समय सीमा दिएर कर्मचारी नियुक्ति गर्ने स्पष्ट लेखिएको छ । तर तोकिएको दिन नपुग्दै अनिल शाहको नियुक्ति भएको छ । नियम अनुसार ‘ट्यालेन्ट हन्ट’ मार्फत अन्य तरिकाले कर्मचारी नियुक्तसमेत गर्न मिल्छ । तर यो प्रक्रिया पनि अपनाईएन । सीधा रुपमा विनियमावली मिचेर शाहको नियुक्ति भएको छ ।’ नबिल बैंकका एक उच्च तहका कर्मचारीले अर्थ सरोकारसँग भने, ‘यसमा कर्मचारी संगठन पनि चुप बस्यो । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीलाई समेत शाहले प्रभाव पारे । मैले अख्तियारमा उजुरी दिएको छु । मिडियाले पनि यो कुरालाई अगाडी ल्याइदिनुपर्यो । कि होइन भने अनिल शाह कानुनभन्दा माथि छन् भन्ने कुरा भनिदिनु पर्यो ।’ 
यसअघि अनिल शाहको नियुक्तिका बारेमा खुलेरै बोल्ने गरेका नबिल बैंकका अध्यक्ष यस प्रकरणमा भने बोल्ने चाहेका छैनन् । सोमबार हामीले बैंकका अध्यक्ष सम्भु पौड्यालाई यस विषयमा बुझ्न खोज्दा समेत उनी सम्पर्कमा आउन चाहेनन् । उच्च तहका कर्मचारीले नै अनिल शाहका विरुद्ध अख्तियार गुहारेको खबरपछि अनिल शाहको फोन पनि व्यस्तको व्यस्तै छ । आखिर यो प्रकरण के हो ? अख्तियारले अनुसन्धानपछि पक्कै पत्ता लगाउला ।               
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK