
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अपि पावरले खुद नाफा ९.१९% ले घट्दा ३ करोड १३ लाख ६७ हजार रुपैयाँ मात्र कमाएको छ । गत वर्ष कम्पनीको खुद नाफा ३ करोड ४५ लाख ४४ हजार रुपैयाँ थियो । अपिको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ९.१८% ले घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ७ करोड ९४ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ ।
गत वर्ष यस्तो आम्दानी ८ करोड ७५ लाख ३२ हजार रुपैयाँ थियो । अपिको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । गत वर्ष पनि चुक्ता पुँजी यही थियो । रिजर्भ कोषमा भने १४७.३७% ले सुधार भएको छ । गत वर्ष ४ करोड ९१ लाख १ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले १२ करोड १४ लाख ६४ हजार रुपैयाँ जम्मा भएको छ । अपिको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ५७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्