×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एशियाली विकास बैंकद्धारा १० अर्ब ऋण सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एशियाली विकास बैंकद्धारा १० अर्ब ऋण सहयोग

Artha Sarokar

२९ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनः संरचनाका निम्ति १० करोड बराबरको प्राविधिक सहायता उपलब्ध गर्ने छ । ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभ र अर्थसचिव शंकरप्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।
१६ जिल्लाका ३८८ किलोमिटर ग्रामीण सडक बाह्रै महिना सञ्चालन योग्य बनाउने र ७५ लाख ग्रामीण जनतालाई कृषि सडकसम्म पहुँच विस्तार गर्ने छ । व्यावसायिक कृषि, उत्पादकत्व वृद्धि, ग्रामीण भेगमा रोजगारीका अवसर सिर्जना र नेपालीको समृद्धिमा सघाउ पुग्ने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी