
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – फागुन १३ गतेदेखि एसियन लाइफ इन्सुरेन्सको ५०% हकप्रद सेयरको बिक्री खुला भएको छ । कम्पनीले २ः१ अनुपमतमा ४० लाख २७ हजार ९६६.२० कित्ता सेयर बिक्री खुला गरेको हो । माघ ७ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रदमा चैत १८ गतेसम्म आवेदन दिन सकिनेछ । हाल एसियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने सुविधा छ । त्यसैगरी, एसियन लाइफ इन्सुरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित अधिकांश शाखा कार्यालय र धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्रयासरत यस कम्पनीले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्