×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफले दिने भयो १२.६३% लाभांश, १२% बोनससहित कर तिर्न ०.६३% नगद पनि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एसियन लाइफले दिने भयो १२.६३% लाभांश, १२% बोनससहित कर तिर्न ०.६३% नगद पनि

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सले १२.६३% लाभांश दिने भएको छ । कम्पनीले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने भएको छ । इन्सुरेन्सले हाल कायम चुक्ता पुँजी ८० करोड ५५ लाख ६६ हजार रुपैयाँको १२% बोनस र ०.६३% नगद दिने घोषणा गरेको हो । 
यसआधारमा, कम्पनीले बोनस सेयरका लागि ९ करोड ६६ लाख ११ हजार १८८ रुपैयाँ र कर तिर्न ५० लाख ८७ हजार ९५७.३१ रुपैयाँ खर्च गर्नेछ । एसियन लाइफले अहिले ५०% हकप्रद पनि बिक्री गरिरहेको छ । 
कम्पनीले ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६.२० कित्ता हकप्रद बिक्री खुला गरेको हो । यो हकप्रद र बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी