
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – माघ २४ गते सिद्धार्थ लगानी वृद्धि योजना १ को स्वामित्वमा रहेको सनराइज बैंकको ४९ हजार ६ सय ८७ कित्ता संस्थापक सेयरको लिलामी भर्ने अन्तिम दिन हो । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको सिद्धार्थ लगानी वृद्धि योजना १ को अवधि सकिएकाले योजना खारेजमा लैजान संस्थापक सेयर बिक्री गर्न लागिएको हो । यस योजनाको स्वामित्वमा रहेको ४९ हजार ६८७ कित्ता (सूचीकरण नभएको ६ हजार ४८१ कित्ता बोनस सेयर समेत) सेयर खरिद गर्न चाहने व्यक्ति, फर्म, कम्पनी, संघ वा संस्थाले बुधबार कार्यालय समय भित्र बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलबाट पाउन सकिन्छ । आवेदन फारम पेश गर्दा आफूले के कति दरमा कति कित्ता लिन चाहेको त्यो स्पष्ट रुपमा खुलाउनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र माघ २५ गते दिउँसो ३ः१५ बजे बिक्री प्रवन्धकको कार्यालय नारायणचौर, नक्सालमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्