
काठमाडौँ- अर्थ सरोकार डटकमले ‘अर्थ सरोकार अटो अप्रेशन’ नाम दिएको ठग गाडी बेच्ने कम्पनीहरुको भण्डाफोर अभियानमा पछी विभिन्न संचारमाध्यमले पनि साथ दिएपछी र सम्बन्धित निकायलेपनि अग्रसरता देखाएपछि ठग गाडी कम्पनीहरुलाई कारवाहीको सिफारिस भएको छ । तर ठग गाडी कम्पनीहरुको झुण्ड बनेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आफ्ना साथीहरु जेल पर्ने भएपनि रुवावासी सुरु गरेको छ । नाडाले एक विज्ञप्ति जारी गर्दै आफ्ना सदस्य प्रतिष्ठानहरूले आयात गरी कारोबार गरिरहेका सवारीसाधनहरूको मुनाफा सम्बन्धमा सरकारले गरेको अनुगमनको सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रुवावासी मात्र होइन नाडाले घुमाउरो पाराले दादागिरी पनि बिज्ञप्तिमार्फत देखाएको छ । उसले २०३२ सालमा बनेको कालोबजार तथा केहि सामाजिक ऐन नमान्ने आशयको बिज्ञप्ति निकाल्दै भनेको छ, ‘ अहिले केही सदस्य प्रतिष्ठानहरूको अनुसन्धान हुँदै गर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिंदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजाय गर्नको लागि प्रहरीलाई लेखी पठाएको भन्ने सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ’
नेपालमा आयात हुने सवारीसाधनमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर लगायतका राजश्व तिरी त्यसमा लाग्ने प्रत्यक्ष लागत खर्च, बैंकको ब्याज, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका नियमित खर्च जोडी लागत गणना गर्ने गरीएको नाडाले जनाएको छ । यद्यपी नेपालको कालोबजार तथा अन्य केहि ऐनहरुले यसो गर्न दिंदैन । प्रचलित सर्वमान्य लेखाको पद्धति बमोजिम गणना गरी लगानी गरे बापत सामान्य दरको मुनाफा जोडेर गाडी बिक्री गरिएको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आर्थिक ऐन बमोजिम यसरी गणना गरिएको बिक्री मूल्य प्रत्येक चार/चार महिनामा प्रकाशित गरी सरोकारवाला सबैलाई सुसुचित समेत गराइएको नाडाले जनाएको छ । ‘लागत हेर्ने निकाय भनेको ठूला करदाता/आन्तरिक राजश्व कार्यालयको हो र ती निकायहरूमा पेश गरेका आय विवरण बमोजिम यस एशोसिएशनका कुनै पनि सदस्यहरूले मुनाफाकै कारणले कालोबजारी र ठगी गरेका छैनन्,’ नाडाले भनेको छ ।
अटोमोवाइल्स क्षेत्रमा वाषिर्क करीव एक खर्बको राजश्व तिर्ने र २० औं लाखले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको नाडाले जनाएको छ । अनुसन्धानलाई प्रभाव पार्नेगरी समाजमा भ्रम सृजना गर्नेगरी विषयको ठुङ्गो नलाग्दै स्वतन्त्र रुपमा व्यापार/व्यवसाय गर्न पाउने संवैधानिक हक समेत हनन् हुनेगरी प्रचार गरिएको र त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको नाडाले उल्लेख गरेको छ ।
आफ्ना ठग साथीहरुलाई बचाउने बदनियतका साथ आएको यस्तो बिज्ञप्तिपछी अव सम्बन्धित निकायले के गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
अर्थ सरोकारले सुरु गरेको अटो अप्रेशन र त्यसको फलोअप यहाँ पढ्न सक्नुहुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्