×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पार्टी एकताबारे नेकपा र क्रान्तिकारी माओवादीका शिर्ष नेताहरुबीच वार्ता, यस्तो छ तीन बुँदे सहमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पार्टी एकताबारे नेकपा र क्रान्तिकारी माओवादीका शिर्ष नेताहरुबीच वार्ता, यस्तो छ तीन बुँदे सहमति

२२ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को उच्चस्तरिय वार्ता सम्पन्न भएको छ । पार्टी एकताको विषयलाई लिएर दुबै पार्टीका शिर्ष नेताहरुबीच भएको वार्तामा तीन बुँदे सहमति भएको छ ।
आइतबार भएको वार्तामा जनयुद्ध दिवससँगै मनाउने, राष्ट्रिय स्वाधिनता, भ्रष्टाचार, जनजिवीकाका विषयमा संयुक्त रुपमा संघर्ष गर्ने र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र ध्रुविकरण गर्ने दुबै पार्टीका शिर्ष नेताहरुले सहमति गरेका छन् ।
पार्टी एकताबारे थप छलफल गर्दै जाने सहमति भएको बताइएको छ । दुबै पार्टी एकता गर्ने निर्णय गरिसकेका छन् । क्रान्तिकारी माओवादीले स्थायी समिति बैठकले एकताको लागि भन्‍दै वार्ता टोली बनाउने निर्णय गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी