
काठमाडौँ – मन्त्रीको टुंगो लगाउनको लागि छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उक्त बैठकमा मन्त्रिपरिषद्मा सहभागी गरिने नेताहरूको नाम टुंगो लगाउने स्रोतको दाबी छ । उक्त बैठकले पार्टी एकताबारे पनि छलफल गर्ने बताइएको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बैठकपछि दुबै पार्टीका नेताहरुको बैठक बसेको थियो । त्यस लगत्तै एमालेको स्थायी कमिटी बैठक बसेको हो ।
ओली र प्रचण्डबीचको छलफलमा आजै सरकार विस्तार गर्नेबारे छलफल भएकोले एमालेले पनि सरकारमा सहभागी हुने नेताहरूको टुंगो लगाउने सम्भावना रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्