×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माओवादी नेता आचार्यका १८ वर्षीय छोराको हत्या, ३ जना शंकास्पद व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माओवादी नेता आचार्यका १८ वर्षीय छोराको हत्या, ३ जना शंकास्पद व्यक्ति पक्राउ

१८ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बर्दिया – नेकपा (क्रान्तिकारी माओवादी)का नेता देवीराम आचार्यका छोराका हत्या भएको छ । १८ वर्षीय छोरा बालकृष्ण आचार्यको हत्या भएको हो । उनको शव खेतमा फालिएको अवस्थामा भेटिएको थियो ।
देवीराम क्रान्तिकारी माओवादीका जिल्ला सदस्य तथा सम्पन्न प्रदेशसभा निर्वाचनमा देशभक्त जनणतान्त्रिक मोर्चा, नेपालको तर्फबाट समानुपातिक उम्मेदवार बनेका थिए ।
१५ माघमा स्थानीय छिमेकी रामबहादुर थारुको घरमा भएको विवाहमा गएका आचार्य घर नआएपछि परिवारले स्थानीय प्रशासनमा खोजीका लागि उजुरी गरेका थिए । खोजी भइरहेको अवस्थामा आचार्यको घर नजिकै बुधबार साढे ४ बजे लालबहादुर थारुको खेतमा आँखामाथि चोट लागेको र मुखबाट रगत बगेको अवस्थामा आचार्यको शव प्रहरीले फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा ३ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको भए पनि उनीहरुको बारेमा प्रहरी कार्यालयले केही खुलाउन मानेन ।
हत्या गरिएका आचार्यका बुवा देवीराम आचार्यले छोराको हत्या षड्यन्त्रपूर्वक हत्या गरिएको भन्दै हत्यारामाथि कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । क्रान्तिकारी माओवादीको स्थानीय पार्टी र स्थानीयबासीले अनुसन्धानमा प्रहरीको भूमिका समेत शंकास्पद् रहेको र जनसर्वसाधारणको असुरक्षा बढेको भन्दै प्रहरी प्रशासनको विरोध समेत गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी