×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महोत्तरीमा यस्तो अचम्मको घटना ! स्थानीय महिलाहरुले २ वटा प्रश्नपछी रित्तै घर फर्किए बेहुला !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महोत्तरीमा यस्तो अचम्मको घटना ! स्थानीय महिलाहरुले २ वटा प्रश्नपछी रित्तै घर फर्किए बेहुला !

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मिथिलामा समान्यतया विवाहपछि बेहुली बेहुलाको घरमा जाने चलन छ । तर महोत्तरीको जलेश्वर नगरपलिका –१२ नैन्हीमा बिहे गर्न गएका बेहुला बेहुली नलिर्इ घर फर्कनुपरेपछि यतिवेला यो घटना जिल्लामा चर्चाको विषय बनेको छ ।
महोत्तरीको लोहरपट्टी नगरपालिका –८ भ्रमरपुरा बस्ने किशोरी यादवका छोरा दिपेशकुमार यादवको महोत्तरीकै नैन्ही बस्ने कमलेशकुमार यादवको छोरी बबिता यादवसँग दुई महिनाअघि नै विवाहको छिनोफानो भयो ।
बबिताका बुबाको निधन भइसकेकाले आमा र उनका दाई मिन्टु यादवले दुई महिनाअगाडि नै बेहुलाका घरमै गएर विवाहको छिनोफानो गरेका थिए ।
विवाहका लागि बेहुला पक्षले केही प्रस्ताव गरेनन् । आफूखुसी सरसमान दिन दुवै पक्ष सहमत भयो र ११ फागनुमा लगन हेरियाे ।
११ फागुनकाे राति ९ बजे बेहुला पक्ष जन्तिसहित बेहुलीको घरमा पुग्याे । बेहुली पक्षले आफ्नो हैसियत अनुसार जन्तिलाई स्वागत सत्कारमा कमी गरेन । सार्वजनिक रुपमै बेहुला बेहुलीको स्वयम्वर भयो ।
सोही राति हिन्दूसंस्कारअनुसार विवाह सम्पन्न भयो ।
मिथिलामा विवाह सम्पन्न भएकै राति केटीपक्षका महिलाले बेहुलालाई विभिन्न प्रश्न साेधेर हाँस–परिहाँस गर्दै रमाइलो गर्ने चलन छ ।
त्यही रमाइलो गर्ने क्रममा स्थानीय महिलारूले बेहुलासँग दुई वटा प्रश्न गरे । तर बेहुलाले उनीहरुको प्रश्नको जवाफ दिन सकेनन् वा जवाफ दिन उचित ठानेनन् ।
त्यही विषयलाई लिएर बेहुली पक्षले बेहुला मानसिक रूपमा ठीक नरहेको भन्दै बेहुली लैजान नदिने बताएपछि अाराेप–प्रत्याराेप सुरू भयाे ।
सोही क्रममा स्थानीयले जन्तिहरूलाई कुटपिटसमेत गरेको लोहरपट्टी नगरपालिका बगरा गाउँका जयशंकर यादवले बताए ।
यता, बेहुला पक्षले आज बेहुली पक्षविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएकाे छ । बहुली पक्षले आफ्नो सामाजिक प्रतिस्ठामा अाँच पुर्याएकाे तथा ठगी गरेको निवेदनमा उल्लेख गरेकाे छ ।
नयाँ पत्रिकासँग कुरा गर्दै बेहुला दिपेश यादवले भने, ‘लाखौँ खर्च भयो, केही पैसा साहुमहाजनसँग ऋण पनि लिएको छु । तर, बेहुली पक्षबाट गलत आरोप लगाएर हाम्रो सामाजिक प्रतिष्ठा हनन गर्ने काम भयाे ।’
उनले आफू शारीरिक तथा मानसिक रूमा पूर्णस्वस्थ रहेकाे भन्दै अनाहकमा आरोप लगाएर अपमान गरेको बताए ।
विवाह हुनुभन्दा अघि नै बेहुलीकी आमा, नातेदारलगायतले आफूसँग पटक–पटक कुराकानी गरेको भन्दै उनले भने, ‘यस्तो घटनामा केटीपक्ष पीडित भएकाे भए आज विभिन्न अधिकारवादी संघसंस्थाले अावाज उठाउँथे । तर मेरो सन्दर्भमा सबै किन चुप छन् ?’
यसैबीच जिल्ला प्रहरी कार्यालय महोत्तरीले छलफलका लागि दुवैपक्षलाई २० गते बोलाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी