Skip to content
LAXMI SUNRISE BANK

गर्भवतीको अपरेसन गर्ने बेला जिल्ला असपतालका डाक्टर नै भागेपछि…

अर्थ सरोकार

अपरेसन तयारी गर्न निर्देशन दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा बेपत्ता भएपछि बिरामी मर्कामा परेका छन् । सोमबार साँझ प्रसुतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा. अमिताभ ठाकुर सम्पर्कविहीन भएपछि अपरेसन हुन सकेन ।
त्रियुगा नगरपालिका ९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि डाक्टरले नै अपरेसन तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए । तर, अपरेसन तयारी पूरा भएको तीन घण्टा बित्दा पनि डाक्टर नआएपछि बिरामीलाई आफन्तले निजीमा लैजानुपर्यो । डाक्टरको मोबाइल नउठेपछि गर्भवतीका आफन्तले कोलाहल मच्चाएका थिए ।
अपरेसन गर्नुपर्ने बेला डाक्टर किन भागे भन्ने विषय गम्भीर भएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए । यस विषयमा छानबिन गर्ने जानकारी उनले दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK