×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भंगालमा बृहत रक्तदान सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भंगालमा बृहत रक्तदान सम्पन्न

Artha Sarokar

१३ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भंगाल युवा क्लब, बुढानिलकण्ठ–२ को आयोजनामा शनिवार लिटिल मुन स्कुलमा बृहत रत्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चारसय भन्दा धेरै जनसहभागिता भएको थियो भने ७७ जनाले आफ्नो अमुल्य रगत दान गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन यसै वडाका वडाअध्यक्षलाई १५२ पल्ट रगतदान गर्नुभएका प्रेमसागर कर्माचार्यले रक्तदान गर्ने प्याकेट हस्तान्तर गरी गर्नुभएको थियो । रक्तदान कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेलको प्रमुख आतिथ्यमा तथा भङ्गाल यूवा क्लबका सदस्य राम न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको थियो । 
कार्यक्रमलाई यूनाइटेड सिमेन्टस्को विषेश सहयोग थियो साथै बाबा एजुकेस्नल कन्सल्टेन्सी, सर्चिङ् आइज इन्स्टिट्यूटको पनि साथ  थियो । देशको विभिन्न स्थानमा रगत अभावको कारणले गर्दा दिनहुँ धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ र यही अभावलाई ध्यान दिदै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताए । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी