×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छि ! यो कस्तो दुर्गति ? भरतपुर अस्पताल परिसरमा रहेको पिउने पानीमै भेटियो मानव मलमुत्रमा हुने जीवाणु !

PRIME CA

छि ! यो कस्तो दुर्गति ? भरतपुर अस्पताल परिसरमा रहेको पिउने पानीमै भेटियो मानव मलमुत्रमा हुने जीवाणु !

१३ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – सरकारी अस्पतालको रूपमा नामाकरण गरिएको भरतपुर अस्पताल परिसरमा रहेको पिउने पानीमै अत्याधिक मात्रामा कोलिफर्म नामक घातक व्याक्टेरिया भेटिएको छ । यो जीवाणु मानव मलमुत्रमा पाइने जीवाणु हो । पानीको शुद्धताको मापदण्ड अनुसार शुद्ध भनिएको पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ । तर, परीक्षणपछिको नतिजाले भने भरतपुर अस्पताल परिसरमा रहेको पानीमा मानव मलमुत्रमा भेटिने जीवाणु ‘कोलिफर्म’ रहेको पुष्टी गरेको छ ।
अस्पताल परिसरमा रहेको पिउने भनिएको पानीको ४० एमएल परीक्षण गर्दा चार प्रकारका व्याक्टेरिया १६ सय संख्यामा फेला परेका हुन् । प्रयोगशाला रिर्पोटमा ‘पानी पिउन योग्य छैन’ भनिएको छ । एक साता अगाडि अस्पतालको बी ब्लकमा वितरण हुँदै आएको पिउने पानीको नमुना संकलन गरी प्रयोगशाला पठाएपछी यस्तो रिपोर्ट सार्वजनिक भएको हो । 
रिपोर्टमा तत्काल पानी शुद्धीकरणमा लाग्न सुझाव दिइएको छ । कोलिफर्म चेक गर्दा भेटिएको रिर्पोट अध्ययनपछि क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरका केमिस्टहरुले रिर्पोट अनुसार पानी पूर्ण अशुद्ध रहेको जनाएका छन् । पानीमा ई-कोली नामक घातक व्याक्टेरियासमेत भेटिएको छ । खानेपानीमा ठूलो आन्द्रामा हुने व्याक्टेरिया देखिएको केमिष्टहरु बताउँछन् । भरतपुर अस्पतालको बी ब्लक भवनको पछाडी ढल र दिसा जम्मा हुने टंकीसँगै खानेपानीको ट्यांकी रहेको छ । अहिले दिसा जम्मा हुने ट्यांकी भरिएको छ । ट्यांकी भरिँदा दुई मिटर टाढा खानेपानी स्रोतमा पुग्छ । कहिलेकाहीँ पानीको ट्यांकी भरिँदा दिसा हुने ट्यांकीसम्मै पुग्छ । यसरी दिसा सोझै खानेपानीमा मिसिने गरेको देखिन्छ । यहि कारण पनि उक्त परिक्षणका क्रममा कोलिफर्म भेटिएको बिज्ञहरुको भनाइ छ । 
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा चर्पीजन्य फोहोर, खानेपानी र ढलको उचित व्यवस्थापन नहुँदा बिरामी र स्वयं स्वास्थ्यकर्मीहरु नै दिसा मिश्रीत पानी पिउन बाध्य छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनी भन्छन्, “पहिले ख्याल नगर्दा समस्या देखियो । अब यो समस्या तत्काल समाधान हुन्छ ।” खानेपानी ट्यांकीमा रहेको फोहोरबारे अस्पताल प्रशासनलाई ६ महिना अघि नै जानकारी रहे पनि समस्या समाधानमा ध्यान नदिँदा बिरामी र स्वास्थ्यकर्मीहरु दिसा मिश्रीत पानी पिउन बाध्य भएका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: