×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिनालाई मन्त्री नबनाउन भन्दै प्रचण्डलाई पार्टी भित्रबाटै धम्की

PRIME CA
GLOBAL IME BANK

बिनालाई मन्त्री नबनाउन भन्दै प्रचण्डलाई पार्टी भित्रबाटै धम्की

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – नेकपा (माओबादी) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आफ्नी बुहारी बिना मगरलाई मन्त्री नबनाउन पार्टीभित्रैबाट दवाव दिएको छ । पार्टीभित्रकै नेताहरुको दवाव र चेतावनीका कारण प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई मन्त्री बनाउन नपाएको खुलासा भएको छ ।
कंचनपुरबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बुहारी मगरलाई मन्त्री बनाउनबाट रोकिएको खुलासा भएको हो । प्रचण्डले सोमबार नै मन्त्रीको सपथ गराउने तयारी गरे पनि अन्तिममा आएर सपथग्रहणमा सहभागी नगराएको स्रोतले बतायो ।
प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद विस्तार हुँदा कम्तिमा एक जना महिलालाई सपथ गराउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेका थिए । प्रचण्डको प्रस्तावमा ओली पनि सकारात्मक थिए । तर, प्रचण्डलाई पार्टीभित्रैबाट बिनालाई मात्रै मन्त्री बनाईए ठिक नहुने धम्की आएपछि उनी एकाएक ‘ब्याक’ भएको स्रोतको दाबी छ ।
धम्की कसले दिएको हो भन्ने बारेमा भने स्रोतले नाम खुलाउन चाहेन । तर गृहमन्त्री बनेका नेता रामबहादुर थापा बादल र नेतृ पम्फा भुषालले बिनालाई मात्रै मन्त्री नबनाउन दबाब दिँदै आएका थिए । नेतृ भुषालले पनि मन्त्रीमा दाबी गरिरहेकी छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: