काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की बुहारी बिना मगर पनि मन्त्री बन्ने भएकी छिन् । उनले उनका पति प्रकाश दाहालको हृदयाघातका कारण मृत्यु भएकै शोकमै रहेका बेलामा प्रचारप्रसारमा गएकी थिइन् ।
कञ्चनपुरबाट उठेकी बिनाले प्रतिस्पर्धीलाई भारी मतले हराएर प्रतिनिधिसभाको चुनाव जितेकी थिइन् । माओवादीले सरकारमा जाने ६ जनाको नाम टुंगो लगाउँदा त्यस मध्य बिना पनि परेकी हुन् ।
हुनत उनका ससुरा सदाबहार पार्टी अध्यक्ष अनि टुंगो लगाउने टोलीमा प्रचण्ड, अर्का मन्त्री बन्ने नाममा रहेका रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ भएकैले पनि बिनाको नाम आएको बताइन्छ ।
६ जनामा बिना, बादल, वर्षमान पुन अनन्त, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल र अमनलाल मोदी रहेका छन् ।संयोग भन्नुपर्ला मगर समुदायबाट ६ मध्ये तीन जना माओवादीबाट सरकारमा सामेल हुँदैछन् । ओलीले सोमबारै मन्त्रीमण्डल बिस्तार गर्दैछन् ।