×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

६१ लाख ऋण प्रकरणमा मुछिएका सिभिल बैंकका विवादित हाकिम सहयोगी विकास बैंकको सीइओमा नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लिंदै नलिएको ऋण तिर्न तागेता गर्ने लगायतका केहि विवादित काममा मुछिएका सिभिल बैंकका क्रेडिट एड्मिनिस्ट्रेशन विभागका तत्कालीन प्रमुख बिनय रिजाल सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षको लागि सीइओ पदमा  नियुक्त गरेको हो ।
वित्तीय क्षेत्रमा २० बर्षे अनुभव बटुलेको भएपनि उनी सिभिल बैंकमा हुँदा चरम विवादमा परेका थिए । सिभिल बैंकका केहि कर्जाको विषयलाई लिएर उनी विवादमा तानिएका थिए ।  लिंदै नलिएको ६१ लाख ऋण तिर्न एक ग्राहकलाई सिभिल बैंकका तर्फबाट पत्र गएपछी उनी बैंकभित्र विवादमा परेका थिए । यस प्रकरणले ठुलो रुप लिएपछि बैंक व्यवस्थापनबाट उनलाई समेत असहयोग हुने काम भएको थियो । बैंक नेतृत्वको चरम असहयोगका कारण असन्तुष्ट बनेका उनी सोहि कारणले ३ जिल्ले बैंकमा सीइओ हुने गएका सिभिलका कर्मचारीहरु बताउँछन् । 
सहयोगी विकास बैंकको मूख्य कार्यालय २ नं. प्रदेशको राजधानी जनकपुरमा रहेको छ । बैंकमा हाल ६५ हजार ग्राहकहरु रहेका छन् । तीन जिल्ले कार्यक्षेत्र रहेको बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ बर्गको वित्तीय संस्था हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: