×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगन्जमा बिहानैदेखि तनाव, बन्दकर्ताद्वारा तीन वटा कार तोडफोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वीरगन्जमा बिहानैदेखि तनाव, बन्दकर्ताद्वारा तीन वटा कार तोडफोड

Artha Sarokar

२१ माघ २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।
सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै वीरगञ्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर आन्दोलरत संघर्ष समितिले वीरगञ्ज बन्द गरेको हो ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।
संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् ।
बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् ।
यसअघि संघर्ष समितिले सरकारले जनकपुरलाई अस्थायी राजधानी घोषणा गरेको भोलिपल्ट अर्थात माघ ४ गते पनि बन्द आह्वान गरेको थियो ।
अस्थायी राजधानी जनकपुरलाई तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज राजधानीका लागि आन्दोलित छ तर वार्ता र संवादका लागि पहल भएको छैन । सोमबार बिहान संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी