×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

विदाको दिन मापसे गरेर सरकारी गाडीबाटै अर्थमन्त्रीका पीएले ट्राफिकलाई थर्काए, प्रहरी थानामै पनि यस्तो ‘बबण्डर’ !

BIZBAZAR
  • मनोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ – विदाको दिन सरकारी गाडी चढेर मापसे गर्दै ट्राफिक प्रहरीलाई थर्काउने अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका स्वकीय सचिव एवम् अर्थमन्त्रीका सहोदर भान्जा भिष्म बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । शनिबारको दिन बा १ झा ८२८२ नम्बरको गाडी मापसे गरेर चलाएको र आफु अर्थमन्त्रीको भान्जा हुँ भन्दै बाटोमा ट्राफिक प्रहरीलाई अपशब्द बोलेर ‘ड्यूटी राम्रो सँग गर’ भन्दै थर्काएपछी उनलाई पक्राउ गरिएको हो । 
पक्राउ गरिएपछि उनलाई महानगरीय प्रहरी वृत कालीमाटी लागिएको थियो । उनीसँगै पोखराका सोभित पराजुलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी पनि मदिरामा लट्ठ थिए भने ट्राफिक प्रहरीलाई थर्काईरहेका थिए । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको नाम प्रयोग गरेर सरकारी गाडी समेत दुरुपयोग गरी ट्राफिकलाई थर्काएपछी उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कालीमाटीले जनाएको छ ।
अझ अचम्मको कुरा त के छ भने उनीहरुलाई पक्राउ गरिसकीएपछी पनि उनीहरुले प्रहरी थानामै समेत प्रहरीहरुलाई थर्काएका छन् । विशेष गरी शोभित पराजुलीले ‘हाम्रो सरकार आएपछी तिमीहरुलाई जान्या छौं, तिमीहरु एक-एकलाई ठिक पार्छु भन्दै पुन: अपशब्द प्रयोग गरेर समेत गाली गरेका छन् । उनीहरुलाई राती थानामै राखिने प्रहरीले जनाएको छ ।  
यद्यपी उनीहरुलाई छुटाउन अर्थमन्त्रीले नै पावर देखाईसकेको बुझिएको छ । आरजु राणाको आशिर्वादका कारण मन्त्री बनेका ज्ञानेन्द्र बहादुर कार्कीका भान्जाले यसअघि पनि यस्ता हर्कत गर्ने गरेको उनीनिकटहरु बताउँछन् । नियम अनुसार एक त मापसे सेवन गरेर सवारी साधन चलाउन पाइंदैन भने अर्कोतर्फ विदाको दिन केहि एमर्जेन्सी परेको खण्डमा बाहेक सरकारी गाडी प्रयोग गर्न पाइंदैन । तर सत्ताको पावरका भरमा उनीहरुलाई कार्वाही हुने कुरामा भने शंका छ ।     
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal