×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीतो-सत्य : बैंकिङमा बढ्यो महिला कर्मचारीको इमोसनल ब्ल्याकलिङ, ‘मेडम सा’प रुनुभएपछि त सक्की गो नि !’

PRIME CA

तीतो-सत्य : बैंकिङमा बढ्यो महिला कर्मचारीको इमोसनल ब्ल्याकलिङ, ‘मेडम सा’प रुनुभएपछि त सक्की गो नि !’

२२ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
घटना १ :
एक बैंकमा उच्च अहोदामा बसेकी बैंकरले एक नायिकासँग बसेर अर्धनग्न तस्विर खिचिन् । तास्विर खिचिनन् मात्र, उक्त तस्विरलाई फेसबुकमा समेत पोष्ट गरिन् । उक्त तस्विर भाइरल भएपछि उनी कार्यक्रत बैंकको सञ्चालक समितिले उनलाई स्पष्टीकरण सोध्यो । यतिसम्मकी उनलाई जागिरबाट निकाल्ने कुरा पनि बैंकभित्र उठ्यो । तर स्पष्टीकरण दिंदै गर्दा तीनी सञ्चालककै अगाडी रोइन् । आफ्नो बैंकको ठुलो मान्छे त्यसरी रोएको देखेर हो वा महिला रोएको देखेर पुरुषहरुलाई ‘सिम्प्याथि’ जागेको हो, त्यसपछि उनलाई कारवाही नगर्ने निर्णय भयो । यहाँ मेडम साप रोहिदिनाले उनको जागिर जोगियो । 
घटना २ :
पुतलीसडकमा प्रधान कार्यालय रहेको अर्को एक बैंकमा कर्मचारीबीच लसपस पर्यो । यतिसम्मकि बैंकको काम सकिएपछी पेसेजमा नै अंकमाल गरी एक अर्कालाई चुम्बन गरेको फुटेज सिसिटिभीमा ‘क्याप्चर’ भयो । आफुले एकोहोरो प्रेम गर्ने सहपाठी अरुको अँगालोमा देखिपछि त्यहिका कर्मचारीले यो कुरा माथिसम्म पुर्याए । दुबैलाई बैंकबाट निकाल्ने कुरा भयो । तर ती महिला गएर डेपुटी सीइओको अगाडी नमज्जासँग रोहिन् । आफ्नी आमा सानैमा बितेकोदेखि आफ्नो गल्ती भएकोसम्मका कुरा भन्दै बर्बर्ती आँशु झारिन् । कारवाहीको डर बोकेर स्पष्टीकरणका लागि गएकी उनी उल्टै त्यस्तो नगर्न सान्त्वना बोकेर फर्कीइन् । केटालाई अर्को ब्रान्चमा ट्रान्सफर गरियो । यहाँपनि ती महिला कर्मचारीको रुवाइले दुइजनाको जागिर जोगियो ।
घटना ३ :
घटना नेपालको ठुलो घरानाले चलाएको एक बैंकको हो । कार्यालय समयमै अश्लील भिडियो हेरेको भन्दै महिला कर्मचारीलाई स्पष्टीकरण मागियो । तर स्पष्टीकरण दिन पुगेकी उनी फर्किंदा रुन्चे अनुहार तर ढुक्क भएको भाव बोकेर फर्कीइन् । कारण उही रहेछ । उनीभित्र गएर मोबाइल बिग्रिएको, आफैं चलेको, कसले भिडियो हाल्दिएको हो भन्ने पनि थाहा नभएको भन्दै अनेक बहाना बनाएर रुन थालिछन् । आफ्नो अघि एक कलीली महिला रुन थालेपछी उनलाई कारवाहीको सट्टा सान्तवना मिल्यो । कुनै पनि खालको विभागीय कारवाही पनि भएन । 
यी माथि उल्लेख गरिएका घटना त प्रतिनिधि घटनामात्र हुन् । यस्ता थुप्रै घटनाहरु नेपाली बैंकिङ क्षेत्रमा बढेका छन् । साना वा ठुला जुनसुकैखाले गल्ती पनि पुरुषले गर्दा कारवाही भोग्नुपर्ने तर महिलाले गर्दा छुटकारा मिल्ने हुन थालेपछी यसखाले घटना एक-एक गरी बाहिरिन थालेका छन् । तर अधिकांस ठाउँमा पुरुषले स्पष्टीकरण माग्ने र महिला रोहिदिने समस्याले नेपाली बैंकिङ क्षेत्रमा केहि गलत संस्कारसमेत हावी हुन थालेको छ ।
महिलाअधिकारकर्मी भन्छन्, ‘यो त महिलाकै लागि खतराको कुरा हो। ‘
यता महिलाअधिकारकर्मीहरु भने यस्तो गलत संस्कारका कारण महिलाहरुलाइ नै खतरा हुने बताउँछन् । ‘एक दुइ पटक आफु गलत भएपछि पुरुषहरुले झन् त्यसको फाइदा उठाउन सक्छन् । सकेसम्म गल्ती नगर्नु, गरिहालेपनि त्यसलाई संस्थागत रुपमा नै समाधान गर्ने प्रयास गर्नुपर्छ ।’ एक महिलाअधिकारकर्मीले अर्थ सरोकारसँग भनिन्, ‘आफुले गल्ती गरेपछि रुनु स्वाभाविक हो । तर रोएरै समाधान खोज्नुभने गलत हो । अहिले रोएर पछी अन्य थप समस्या भोग्नु भन्दा अहिले गलत कामको सजाय पाएको नै रार्मो हुन्छ ।’ उनका अनुसार मौन रुपमा र बाहिर नआउने गरी बैंकहरुमा महिलाहरु पीडीत समेत बनेका छन् । ‘केहि समय अघि अर्थ सरोकारले नै एक बैंकमा भएको सेक्स काण्ड बाहिर ल्याएको थियो । त्यसरी बैंकभित्र महिला हिँसाका घटनाहरु धेरै छन् । तर कतिपय घटनामा महिलाहरु नै कारक तत्व भएको पनि सत्य हो । हामीले यस्तो बोल्दा हाम्रै बिरोध हुन्छ । तर धेरै हदसम्म यो कुरा सत्य हो । महिलाहरु आफु सजग त हुनुपर्छ नै, आफु सहि पनि हुनुपर्छ ।’
मानोबैज्ञानिक भन्छन्, ‘महिलाहरु रुनु स्वाभाविक हो, पुरुषहरुलाई माया लाग्नुपनि स्वाभाविक हो’
यता यस विषयमा मनोबैज्ञानिकहरुको राय भने फरक छ । ‘महिलाहरुले आफुले गल्ती गरेपछि रुनु स्वाभाविक हो । कुनै महिला अगाडी आएर रोएपछी पुरुषलाई माया लाग्नु पनि स्वाभाविक हो । जतिसुकै कठोर छु भन्ने पुरुषलाई पनि महिला रोएपछी उ पग्लिनुपनि स्वाभाविक हो । तर काम गर्दा यस्ता कुराहरुमा ध्यान दिनुपर्छ ।’ उनका अनुसार नेपालमा मात्र होइन विश्वभर महिलाकै इमोसनल ब्ल्याकमेलका कारण बिग्रिएका व्यापार र पुरुष बैंकरको जागिर गएका उदाहरणहरुपनि प्रशस्तै छन् । ‘अव हामी डाक्टरहरुले यस्तो कुरा अलि बोल्न मिल्दैन । तर पुरुष मनोविज्ञान र महिला मनोविज्ञानको दुरुपयोग हुँदा बैंकमा मात्र होइन धेरै ठाउँमा यस्ता समस्याहरु देखिन्छन् । यो कन्ट्रोल हुने कुरा पनि होइन । यसलाई कम बनाउँदै जानुको कुनै पनि विकल्प छैन ।
समाधान के त ?
पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा राम्रो गरिरहेका महिला बैंकरहरु थुप्रै छन् । यसो त निकै राम्रो काम गर्ने महिलाहरु पनि थुप्रै बैंकमा थुप्रैको संख्यामा छन् । तर महिला बैंकरले गर्ने ब्ल्याकमेलिङको सामाधान यहि नै हो भन्न सक्ने अवस्था नभएको जानकारहरुको भनाइ छ । ‘स्पष्टीकरण माग्यो, अगाडी आएर घ्वां- घ्वां रोहिदिन्छन्, अनि के गर्नु ?’ माथि उल्लेखित घटना भोगेका एक बैंकरले अर्थ सरोकारसँग भने, ‘विषय जायज छ, तर यो समस्याको समाधान गाह्रो छ । मानव भएपछि ढुंगा हुन सकिंदैन । महिला देख्यो कि माया लाग्ने मन भगवानले बनाएपछी के गर्नु र ? अव मेडम साप रुनुनै भएपछि त सक्की गो नि !’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: