×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विप्लवको बन्दमा बम आतंक : तिनकुने प्रहरी चौकी छेवैमा भेटियो बम, स्थानीय त्राहिमाम !

PRIME CA

विप्लवको बन्दमा बम आतंक : तिनकुने प्रहरी चौकी छेवैमा भेटियो बम, स्थानीय त्राहिमाम !

अर्थ सरोकार

८ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण देशका विभिन्न स्थानमा आंशिक प्रभाव परेको छ भने केहि स्थानमा त्रासको अवस्था देखिएको छ । यसैबीच नेपाल बन्दको दिन कोटेश्वर नजिकै बम भेटिएको छ । घटनास्थलमा  भएका प्रहरीले अर्थ सरोकारलाइ दिएको जानकारी अनुसार अहिले बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ । 
घटनाका कारण स्थानीय त्राहिमाम बनेका छन ।  यसैबीच नेकपाका कार्यकर्ताहरुले बिराटनगरमा गाडीमा आगो लगाइदिएका छन् भने विभिन्न स्थानमा टायर बलेका छन् । बन्दका कारण  यातायात, शैक्षिक संस्था, उद्योगधन्दा कलकारखाना ठप्प छन् । यद्यपी बन्दमा सार्बजनिक र निजी सवारीसाधन बाहेक प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएकाे बताइएको छ । यद्यपी देशभर बम आतंकसहितको बन्द त्रासदी हुँदा पनि प्रशासन भने रमिते जस्तै बनेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: