
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- कलङ्कीमा रहेको साइरस सहकारी लगायत आधा दर्जनभन्दा बढी संस्थाहरुमा आवद्ध रहेका मुकुन्द लाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । करोडौं रुपैयाँ ठगेको अभियोगमा आधा दर्जनबढी उजुरी परेपछि थप अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले कोसँग कति ठगेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ भने उजुरी आउने क्रम पनि अझै जारी छ । पक्राउ परेका श्रेष्ठका विरुद्ध करिव डेढ करोड रुपैयाँ ठगीको उजुरी आइसकेको छ भने पक्राउ परेपछि थप उजुरी आउने क्रमसमेत नरोकिएको बुझिएको छ । उनी कलेज सञ्चालकसमेत हुन् ।
कलंकीमा रहेको साइरस कलेजका संचालक समेत रहेका उनीविरुद्द २६२ जनाको उजुरी परिसकेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्