
रुकुम – रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका एक युवाले भैँसीपालनबाट मासिक रु ४५ हजारभन्दा बढी आम्दानी गर्न थालेका छन् ।
नगरपालिका–६ सेरीगाउँका यामराज गौतमले चार वर्षदेखि भैँसीपालनबाट मनग्य आम्दानी गर्दैआएका छन्। विसं २०७० साल देखि भैँसीपालन व्यवसाय शुरु गरेका उनले चार वर्षको अवधिमा रु ३० लाखभन्दा बढी आम्दानी गरिसकेको बताए ।
सदरमुकाम खलंगा बजारमा दूध बिक्री गर्ने उद्देश्यले उनले भैँसीपालन शुरु गरेका थिए। अहिले गौतमले दैनिक ३५ लिटर दूध बजारमा बिक्री गर्दै आएका छन् । भैँसीपालन शुरु गरेपछि पर्याप्त आम्दानी लिन सकिएको उनको भनाइ छ । हाल उनीसँग छ वटा भैँसी र एउटा गाई रहेकामा चार वटा भैँसी र एउटा गाई दुहुना रहेको छ ।
उनले अहिले बजारमा प्रतिलिटर रु ५० मा दूध बिक्री गर्ने गरेको बताए । चार वर्षअघिसम्म आफैँ रोजगारी खोज्दै हिँड्ने गौतमले अहिले अन्य दुई जनालाई रोजगारी दिएका छन् । ‘पहिले म जागिरकै लागि धेरै भौँतारिएँ, अहिले भैँसीपालनबाट मनग्य आम्दानी भइरहेको,’ उनले भने ।
उनले दूधसँगै कम्पोष्ट मल पनि बिक्री गरेर आम्दानी गरिरहेका छन् । गौतम सदरमुकामको पहिलो व्यावसायिक भैँसीपालक तथा दूध उत्पादक हुन् । खलंगा बजारमा दूधको आवश्यकता बढ्दै जाँदा भैँसीपालन उपयुक्त व्यवसाय हुने लागेपछि आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ ।
बजारमा बढिरहेको दूधको माग परम्परागत रूपमा गरिएको भैँसी तथा गाईपालनबाट पूर्ति हुन सम्भव छैन । यही अवसरलाई छोपेका गौतम आफूलाई युवा उद्यमीका रूपमा स्थापित गर्न सफल भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्