Skip to content
LAXMI SUNRISE BANK

एकाविहानै आयो दुखद् खबर : मोटरसाइकल दुर्घटनामा परी चार्टड एकाउन्टेन्ट ऋषिकेश पहारीको निधन !

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मोटरसाइकल दुर्घटनामा परेर सिए ऋषिकेश पहारीको निधन भएको छ । पोखरामा बाइक चलाउने क्रममा दुर्घटना हुँदा उनको ‘स्पट डेथ’ भएको बुझिएको छ । उनीसँगै दुर्घटनामा परेका अर्का एक सिए विमल थापा भने घाइते बह्येका छन् । उनको भने उपचार भइरहेको छ । सिए ऋषि केश  पहारीको भने निधन भएको उनी निकट एक सिएले पुष्टी गरेका छन् । 
उनको साथमा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान), नेपाल ल क्याम्पसको परिचयपत्र र केहि बैंकका परिचयपत्रहरु भेटिएका छन् ।

भारतीय बोर्डबाट सिए उतिर्ण गरेका उनी हाल एलएलबी समेत अध्ययन गरिरहेका थिए । नेपाल चार्टड एकाउन्टेन्ट्स संघको चुनावका बारेमा छलफल पनि गर्ने र आफ्नो काम पनि सक्काउने भन्दै उनी पोखरामा थिए । अघिल्लो दिन उनले सिए साथीभाइहरुको समूहमा आफु पोखरा आएकोले साथीहरुलाई भेट्न आग्रह गर्दै थिए । तर त्यसको भोलिपल्ट उनको दुर्घटनामा परी निधन भएको छ । 

हामी पनि मृत आत्माको चीर शान्तिको कामना तथा परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK