
काठमाडौँ – दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । कान्तिपुरलाई प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् । मेडिकल रिपोर्ट तयार पार्ने क्रममा युवतीले दिएको उक्त बयानलाई बेवास्ता गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनालाई गुपचुपमा मिलाउने प्रयास गरेको हो । यो खबर जनकराज सापकोटाले आजको कान्तिपुरमा लेखेका छन्।
प्रेमी शैलेश कार्कीले खाजा खान भन्दै बोलाएपछि दिउँसो युवती उनलाई भेटन आएकी थिइन् । कुनै होटलमा म:म र वाइन खाएपछि युवतीलाई निद्रा लागेजस्तो असहज भएको तथ्य रिपोर्टमा उल्लेख छ । युवतीका अनुसार त्यसपछि शैलेशले उनलाई करिब साढे नौ बजेतिर ल्यान्डमार्क होटलमा पुर्याएका थिए । केहीबेरमा शैलेशका अन्य साथी कोठामा आएका थिए ।
युवतीले चिकित्सकसामु दिएको बयानअनुसार राति चार युवा मिलेर उनको लुगा फुकालिदिएका थिए । लगत्तै युवती सुरक्षाका लागि कोठाभित्रै भएको बाथरुममा लुक्न गएकी थिइन् । बाथरुमबाट निकालेर शैलेशले ओछ्यानमा यौनसम्पर्क गरेका थिए । त्यस क्रममा एक युवकले आफूलाई पुलिस बताउँदै उनको नग्न भिडियो खिचेका थिए । यौनसम्पर्क गर्न बारम्बार इन्कार गर्दै आएकी युवतीले आफ्नो इच्छाविपरीत गरिए होटलको छतबाट हामफाल्ने चेतावनीसमेत दिएकी थिइन् । तर उनको कुरालाई बेवास्ता गर्दै शैलेश र अन्य युवाले जबरजस्ती बलात्कार गरेको युवतीले बताएकी छन् ।
रिपोर्टमा उल्लिखित बयानका अनुसार बिहान करिब तीन/चार बजेतिर युवती कोठाबाट निस्केर भाग्न खोजे पनि युवाले रोकेका थिए । बिहान भएपछि ट्याक्सी खोजेर उनीहरूले नै युवतीलाई कोठाबाट निकालेका थिए । होटलबाट ट्याक्सीमा बाहिरिएलगत्तै युवतीले चालकलाई आफू सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीचौकीमा पुर्याइदिन भनेकी थिइन् । कमलपोखरी वृत्तमा पुगेपछि युवतीले मेडिकल रिपोर्टजस्तै बयान दिएकी थिइन् । उनले रुँदै तुरुन्तै होटल पुगेर ती युवालाई पक्राउ गर्न प्रहरीलाई आग्रह गरेकी थिइन् । तर आफनो क्षेत्राधिकारभित्र नपरेको भन्दै कमलपोखरी वृत्तका प्रहरीले उनलाई दरबारमार्ग वृत्त पुर्याएर जिम्मा लगाएको थियो ।
मिलेमतोमा प्रहरीले घटना गुपचुप राखेको भन्दै प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभागले दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन् । दरबारमार्ग वृत्तमा कार्यरत डीएसपी तिलक भारतीलाई छानबिनका लागि परिसरमा र इन्सपेक्टर लक्ष्मण ठकुरीलाई हेडक्वार्टर तानिएको छ । सोही वृत्तको मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारीलाई निलम्बन गरिएको छ ।
किन फेरियो बयान ?
घटनाबारे छानबिन गर्न प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशी नेतृत्वमा बनेको टोलीले मंगलबार युवतीसँग बयान लिएको थियो । स्रोतका अनुसार बयानका क्रममा युवतीले सहमतिमै सम्बन्ध कायम भएको बताइन्, जबकि युवतीले मेडिकल रिपोर्ट जाँचका क्रममा आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी छन् । होटलबाट ट्याक्सीमा बाहिरिएलगत्तै उनले चालकसँग आफूमाथि सामूहिक बलात्कार भएको भन्दै नजिकैको प्रहरीचौकीमा पुर्याइदिन अनुरोध गरेकी थिइन् । कमलपोखरी वृत्त पुगेपछि पनि युवतीले त्यसै भन्दै बलात्कार गर्ने युवा होटलमै रहेकाले तत्काल गएर पक्राउ गर्न अनुरोध गरेकी थिइन् ।
स्रोतका अनुसार दरबारमार्ग प्रहरीकै मध्यस्थतामा घटनालाई मिलेमतोमा सल्टाउने प्रयास गरिएको हो । केटा पक्षका आफन्त र नजिकका मान्छेबाट पीडितलाई बयान फेर्न बाध्य पारिएको हुन सक्ने अनुमान गरिएको छ । घटनालगत्तै युवतीले सामूहिक बलात्कार भएको बताउनु, केही दिनपछि केटालाई पक्राउ गर्न सहयोग गर्नु तर अहिले आएर सहमतिमै यौनसम्पर्क भएको भन्नुले ठूलै आर्थिक लेनदेन भएको वा युवतीमाथि ठूलो दबाब परेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीहरूको छ । मेडिकल जाँचका क्रममा पनि युवतीले चार जनाले जबरजस्ती गरेको र नग्न भिडियोसमेत खिचिएको बताएकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्