
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेन्चुरी कमर्सियल बैंकले १०% लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । बैंकले फागुन ३० गते हुने साधारण सभामा ५% बोनस सेयर र ५% नै नगद लाभांश दिने प्रस्ताव गर्नेछ । यसका लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गर्दैछ । यसकारण, सेन्चुरीको लाभांश सुरक्षित गर्न बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । सेन्चुरीले अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्सको एक्विजिसन र ४०% हकप्रद बिक्रीपछि कायम भएको चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख ६१ हजार ८३८ रुपैयाँको ५% बोनस दिने निर्णय गरेको छ ।
बैंकले यही चुक्ता पुँजीको ५% ले हुने ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँ नगद लाभांश पनि दिने जनाएको छ । बोनस रकममध्ये ३१ करोड ३५ लाख ५४ हजार ३२७ रुपैयाँ सेन्चुरीबाट, अल्पाइनबाट प्रस्तावित ५ करोड ९८ लाख ३१ हजार ५६५ रुपैयाँ र सेतीबाट प्रस्तावित १ करोड ५ लाख ८७ हजार २०० रुपैयाँ हुनेछ । बोनसपछि सेन्चुरीको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार ९३० रुपैयाँ हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्