Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी कमर्सियल बैंकद्वारा सहयोग

अर्थ सरोकार

सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ (नहुदा) द्धारा संचालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा रु. ५०,०००/-को आर्थिक सहयोग गरेको छ । 
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित सो तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा २०७४ माघ २९ गते देखि २०७४ फागुन १ गते सम्म भएको थियो । सो तालिममा उपस्थित महिलाहरुले महिला स्वास्थबारे थुप्रै जानकारीहरु हासिल गरे । बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेश राज शर्मा बीच चेक हस्तान्तरण कार्यक्रम भयो साथमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराइको उपस्थितीे थियो ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा ए.टी.एम्, १४ वटा शाखारहित बैंकिङ्ग र ६ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 
अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK