
बैतडी – बैतडीमा चट्याङ लागेर २२ जना नेपाली सेनाका घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए ।
मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको बानियाले बताएका छन् ।
सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको बताईएको छ । तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्