×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नर चिरञ्जिवी नेपाल राजीनामा दिँदै, महाप्रसाद, चिन्तामणि, र दीपेन्द्रमध्ये को होला अवको नयाँ गभर्नर ?

PRIME CA

गभर्नर चिरञ्जिवी नेपाल राजीनामा दिँदै, महाप्रसाद, चिन्तामणि, र दीपेन्द्रमध्ये को होला अवको नयाँ गभर्नर ?

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले राजीनामा दिने भएका छन् । ओली सरकार आएपछि नैतिक रुपमा उनले राजीनामा दिन लागेका हुन् । उनी कांग्रेसको कोटाबाट गभर्नर भएका थिए । त्यसमाथि राम्रो ‘टर्म’ नभएका युवराज खतिवडा अर्थमन्त्री भएपछि उनले राजीनामा दिन लागेका हुन् । ‘ डा. नेपाललाई सुशील कोइराला नेतृत्वको सरकारले २०७१ चैत ५ गते गभर्नर नियुक्त गरेको थियो । 
‘गभर्नरज्यूले राजीनामा दिने निश्चित भइसकेको छ । युवराज खतिवडासँग उहाँको नदेखिएको दुश्मनीजस्तै छ । त्यहि भएर उनी युवराज खतिवडालाई स्वागत गर्न समेत गएनन् ।’ राष्ट्र बैंकको विश्वस्त स्रोतले भन्यो, ‘ केहि दिनमा उनको राजीनामा आउंदैछ । राजीनामाको ड्राफ्ट तयार भइसकेको छ ।’ उनको कार्यकालमध्ये ३ बर्ष पूरा भइसकेको छ । 
यता नयाँ गभर्नरका लागि महाप्रसाद अधिकारीको नाम अगाडी आएको छ । उनी खतिवडाका विश्वास पात्र पनि हुन् । यसो त माओवादी निकट दीपेन्द्रबहादुर क्षेत्री, र चिन्तामणि शिवाकोटीपनि गभर्नर बन्ने लाइनमा छन् । उनीहरुले गभर्नर हुनका लागि राम्रै दौडधुप गरिरहेको स्रोतको दावी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: