
- प्रनिश थापा/ अर्थ सरोकार डटकम
चितवन – कालिका नगरपालिका वडा नंं.६ मा रहेको कन्चन निर्माण सेवाले नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको पाईएको छ । पूर्वी चितवनको कयर खोला बाट सो निर्माण सेवाले जिल्ला समन्वय समितिको नाममा बनाईएको नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी बेचिरहेको पाईएको हो ।
जिल्ला समन्वय समितिले सो पुलबाट उत्तर तर्फको खोलबाट ढुंगा गिट्टी उत्खनन गर्न कन्चन निर्माण सेवालाई स्वीकृत दिएको छ । तर, सो सेवाले पुलदेखि दक्षिण तर्फबाट अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरेको पाईएको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । मेयर वनले ठेकेदारले नक्कली रसिद प्रयोग गरेर ढुंगा गिट्टी उत्खनन भईरहेको बताएका छन् । ‘जिल्ला समन्वय समितिको नक्कली रसिद काटेर ढुंगा गिट्टी बेचिएको छ’ उनले अगाडी भने ‘यो गैरकानुनी काम हो ।’
जथाभावी रुपमा कयर खोलाबाट ढुंगा गिट्टी उत्खनन गरिएका कारण खोला नजिकैका गाउँहरु जोखिममा परेका छन् । उता, पूर्वी चितवनको कयर खोलाबाट प्रहरीले नियन्त्रणमा दिएका २४ मध्य ११ वटा वटा ट्याक्टर गायव भएका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरले कयर खोलाबाट नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिको कार्यालय भरतपुर लैजाने क्रममा बाटो बाटै ११ वटा ट्याक्टर भागेका हुन् । अबैध तरिकाले उत्खनन गरिएको ढुंगा गिट्टी बोक्ने २४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा दिएका मध्य ११ वटा ट्याक्टर जिल्ला समन्वय समितिको कार्यालय र दुई वटा इलाका प्रहरी कार्यालयमा रहेको डिएसपी बासुदेब खतिवडाले जानकारी दिए । कयर खोलाबाट भरतपुर लैजाने क्रममा ११ वटा ट्याक्टर बाटै बाट भागेको उनले जानकारी दिए । डिएसपी चढेको इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीको गाडीले ती ट्याक्टरलाई स्कटिङ गरेको थियो ।
१५ वटा ट्याक्टर गोन्द्राङ्ग बाट अगाडि लागेको मैले देखेको हो डिएसपी खतिवडाले भने त्यसपछि भरतपुर पुग्दा अन्तिममा ११ वटा समन्वय समितिको कार्यालयमा आईपुगे । डिएसपी खतिवडाले सबै ट्याक्टरहरुको नम्वर आफुसंग रहेको र उनीहरुलाई पुन नियन्त्रणमा लिने बताए । डिएसपीको आँखा छलेर भाग्नेलाई म कुनै पनि हालतमा छाड्दिनँ उनले भने अब झन कडा कारबाही गर्छु । पिठुवा र चैनपुर जोडने पुलबाट दक्षिण तर्फकोश कयर खोलाबाट अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको अबस्थामा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र प्रहरीको टालीले २४ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्