
काठमाडौं – राष्ट्रियसभा चुनावको नतिजा सार्वजनिक भएको छ । उक्त चुनाव बुधबार सम्पन्न भएको थियो । राष्ट्रियसभा सदस्यका कुल ५९ सिटमध्ये ५६ जना निर्वाचित भएका छन् भने बाँकी ३ जना सरकारले मनोनयन गर्नेछ ।
राष्ट्रियसभा सदस्यमा २४ जना निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित भइसकेका थिए । बुधबार ३२ सिटका लागि मतदान भएको थियो । प्रदेश २ मा कूल ८ सिटमध्ये सबैजना निर्विरोध निर्वाचित भएका थिए भने बुधवार प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान भएको थियो ।
परिणाम अनुसार, एमाले २७, काँग्रेस १३, माओवादी केन्द्र १२, फोरम र राजपा २-२ सिटमा विजयी भएका छन् । वाम गठबन्धनको स्पष्ट वर्चस्व देखिएको छ ।
यस्तै सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चले भने राष्ट्रिय सभा निर्वाचन बहिष्कार गरेको छ । प्रदेश नम्बर २ मा बाहेक सबै प्रदेशमा सम्पन्न निर्वाचन पार्टीको निर्णयअनुसार बहिष्कार गरिएको उक्त पार्टीका संसादले बताएका छन्।
लिम्बुवान मञ्चले विराटनगरमा सम्पन्न प्रदेश १ को निर्वाचनमा मतदान नगरी चुनाव बहिष्कार गरेको हो । पार्टीको तर्फ सहभागी १ जना सांसदले भोट नहाली बहिष्कार गरेको लिम्बुवानले जनाएको छ ।
सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्चको प्रदेश १ मा एक जना मात्रै समानुपातिक सांसद बनेकी विष्णु तुम्बाहाम्फेले पार्टीको निर्णय नै भोट नगर्ने बताएकी थिइन् ।
यस्तो छ नतिजा
प्रदेश १
एमाले
१) नैनकला ओझा
२) हरिचरण शिवाकोटी
३) पर्शुराम मेघी गुरुङ
४) खेम नेपाली
५) अगमप्रसाद वान्तवा
कांग्रेस
१) सरिता प्रसाईं (कांग्रेस)
२) रमेशजंग रायमाझी (कांग्रेस)
माओवादी केन्द्र
१) बिना पोखरेल
प्रदेश २
राजपा
१) रमेश यादव
२) वृशेषचन्द्र लाल
फाेरम
१) रामप्रित पासवा
२) प्रमिलाकुमारी यादव
कांग्रेस
१) मुक्ताकुमारी यादव
२) जितेन्द्र देव
एमाले
१) सुमन प्याकुरेल
माओवादी केन्द्र
१) शशिकला दाहाल
प्रदेश ३
एमाले
१) दिलकुमारी रावल
२) सिंहबहादुर विश्वकर्मा
३) रामचन्द्र राई
४) बलराम प्रसाद बास्कोटा
५) उदय शर्मा
कांग्रेस
१) धनकुमारी खतिवडा
२) राधेश्याम अधिकारी
माओवादी केन्द्र
– रामबहादुर थापा ‘बादल’
प्रदेश ४
कांग्रेस
१) प्रकाश पन्थ
२) बिन्दादेवी आले
३) सुरेन्द्र राज पाण्डे
एमाले
१) दीपा गुरुङ
२) शान्ती कुमारी अधिकारी
३) गणेश प्रसाद तिमल्सेना
माओवादी केन्द्र
१) खिम कुमारी बिक
२) दीनानाथ शर्मा
प्रदेश ५
एमाले
१) कोमल वली
२) मीना बुढा
३) रामलखन चमार
४) खिमलाल भट्टराई
कांग्रेस
१) अनिता देवकोटा
२) दुर्गाप्रसाद उपाध्याय
माअाेवादी केन्द्र
१) राजकुमार कुँवर
२) चन्द्रबहादुर खड्का
प्रदेश ६
एमाले
१) नरपति लुहार
२) कविता बोगटी
३) नन्दा शर्मा
४) भैरव सुन्दर श्रेष्ठ
५) ठगेन्द्र प्रकाश पुरी
माअाेवादी केन्द्र
१) जीवन बहादुर बुढा
२) युटुल लामा
३) कालीबहादुर मल्ल
प्रदेश ७
एमाले
१) चक्रप्रसाद स्नेही
२) कमला ओली
३) इन्दु कडेरिया विष्ट
४) शेरबहादुर कुँवर
कांग्रेस
१) बद्रीप्रसाद पाण्डे
२) तारादेवी भट्ट
माअाेवादी केन्द्र
१) हरिराम चौधरी
२) महेशकुमार महरा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्