Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्धारा बेबी लाईफ होमलाई आर्थिक सहयोग प्रदान

अर्थ सरोकार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच .आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबीलाईफ होमलाई रू एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
एक भब्य कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा रू एक लाख पचास हजारको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरिएको छ । बेबीलाईफ होममा रहेका २३ जना एच.आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए । 
हरेकवर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ ।
उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए । उक्त समारोहमा बेबीलाईफ होमको छात्राबासमा उज्यालो भबिष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।
अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी गराए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK