Skip to content
LAXMI SUNRISE BANK

फतुवा विजयपुरमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

अर्थ सरोकार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाकोे फतुवा बिजयपुर नगरपालिकामा यहि माघ १५ गतेबाट शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सम्वन्धित शाखा प्रमुख रवि थापाले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयोे । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुरेश प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK