×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस मनी ट्रान्सफर र बैंक अल बिलाद , एन्जाज साउदी अरब बिच रेमिटान्स सम्झौता साथै सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सिटी एक्सप्रेस मनी ट्रान्सफर र बैंक अल बिलाद , एन्जाज साउदी अरब बिच रेमिटान्स सम्झौता साथै सेवा सुरु

Artha Sarokar

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

साउदी अरबको ख्याति प्राप्त बैंक अल बिलाद, एन्जाज सर्भिस सेन्टर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सेवा सुरु भएको छ । एन्जाज सर्भिस सेन्टरको १७९ रेमिटान्स सेन्टरहरु बाट नेपालीहरुले नेपालमा सिधैं नगद पठाउन वा नेपाला रहेको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फ बाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकको तर्फबाट बैंक प्रमुखहरु साद अल द्रीस र अह्मेद अल एनाजिले हस्ताक्षर गर्नुभएको थियो । 
उक्त समारोहमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र अल बिलाद बैंकका उच्च अधिकारीहरु र प्रमुखहरुको उपस्थिती थियो । अल बिलाद बैकंले सिटी एक्सप्रेससंग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशि ब्यक्त गर्दै आगामी दिनहरु मा सिटी एक्सप्रेससंग नयाँ प्रबिधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिनु भयो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरु बाट ५५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी